Gold
Bangad salyan

शोकमा डुब्यो जाजरकोट जुनीचाँदे गाउँपालिका ,

असोज २१ ,जाजरकोट – जाजरकोट जुनीचाँदे गाउँपालिका,१ ओलभीरमा भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको मृत्युको पुष्टि गरिएको थियो ।

दुर्घटनामा परी एक जना बेपत्ता भएका थिए। वेपत्तको पनि शव फेला परेको र ति पुरुष रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए।

तेस्तै घटनामा थप एक जना गम्भीर घाईते छन्। जुनीचाँदे,११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको हो ।

एक मृतक र बेपत्ताको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्रेष्ठले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नरबहादुर बुढालाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।घटनास्थलमा प्रहरी, स्थानीय लगायतले बेपत्ताको खोजी गरिरहेको उनले बताए।