पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि,
असोज २४ ,काठमान्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सामान्य ज्वरो आएपछि शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको मन्त्रीले बताए ।
आफुलाई अहिलेसम्म हल्का ज्वोरोबाहेक अरु कुनै समस्या नदेखिएको मन्त्री भट्टराईले जानकारी गरेका हुन् ।
आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन पनि मन्त्रि भट्टराईले आग्रह गरेका छन् ।
गत सोमबार कोरोना परीक्षण गर्दा भने भट्टराईको रिपोर्ट नेगेटिभ आएको थियो ।

