Gold
Bangad salyan

कोरोना संक्रमित भएकि सचेत शान्ता चौधरीलाई गाह्रो भएपछि आइसियुमा भर्ना ,

असोज २४ ,काठमान्डौ – कोरोना भाइरसबाट संक्रमित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सचेत शान्ता चौधरीलाई आइसियुमा राखेर उपचार गरिएको छ ।

वीर अस्पतालको साधारण वार्डमा उपचाररत चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति आइसियुमा सारिएको उनको सचिवालयले जनाएको हो ।

गत १९ गते चौधरीमा कोरोना संक्रमण देखिएको थियो ,उनलाई दमले समेत च्यापिरहेकै बेला कोरोना देखिएको हो।

कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्नेहरुलाई आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै फोन नगरि एसएमएस गर्न आग्रह गरेकी थिइन् ।