Gold
Bangad salyan

यो वर्षको दशैमा नयाँ नोट नबाँड्ने राष्ट्र बैंकको भनाई ,

असोज २५ ,काठमान्डौ – यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नगर्ने नेपाल राष्ट्र बैंकले जानकारी गरेको छ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना मार्फत यस्तो जानकारी गराएको हो ।

बैंकले कोरोना महामारीको बेला दशैँमा गत वर्षको जस्तो यो वर्ष सर्वसाधारणलाई नँया नोटको सटही गर्न नसक्ने बताएको हो।

नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको हुँदा र नँया नोट वितरण गर्दा झनै कोरोनाको जोखिम बढ्ने भएकोले नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ । बैंकले यसले सर्वसाधारणमा परेको असुविधाप्रति क्षमासमेत मागेको छ ।