Gold
Bangad salyan

रुकुम घटनाका हत्याकाण्डमा सुर्खेत उच्च अदालतका न्यायाधीशबीच राय बाझियो,

असोज २६ ,काठमान्डौ – गत जेठ १० गते रुकुम पश्चिम सोतीगाउँमा नवराज विक सहित ६ जनाको ज्यान जाने गरि भएको जातिय हत्याकाण्डमा मुछिएकाहरुलाई थुनामा राख्ने कि छोड्ने भन्ने बारेमा उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएको छ ।

आरोपितहरूको निवेदन सुनुवाइका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो ।

मृतक नवराज विकसंग नाम जोडीएकि युवती रुकुम पश्चिम ८ सोतीकि सुस्मा मल्लको विषयमा भने दुवै न्यायाधीशबीच मत मिलेको छ। दुई नाबालकलाई यसअघि नै सुधारगृह पठाउन आदेश दिईसकेको छ ।

रुकुम पश्चिम जिल्ला अदालतले घटनामा मुछिएका ३४ मध्ये २५ जनालाई पुर्पक्ष थुनामा पठाएको थियो । सामूहिक हत्याको आरोप लागेकाविरुद्धको मुद्दा रुकुम पश्चिमको जिल्ला अदालतमै विचाराधीन छ ।

अहिले उच्च अदालत सुर्खेतमा पुगेको विषयमा भने मूलविषय होइन ,उनीहरूलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भनी गरिएको आदेशविरुद्ध मात्रै आरोपितहरू उच्च अदालत पुगेका हुन् ।

रुकुम घटनाको छानबिन गर्दै सिआईबि ,

तेस्तै केही आरोपितलाई छाड्ने आदेशविरुद्ध सरकारी वकिलले पनि उच्च अदालत सुर्खेतमा निवेदन दिएको छ । अब यो मुद्दामा तेस्रो न्यायाधीशको राय आएपछि आरोपितलाई थुअनम अराखने ,धरौटीमा छोड्ने वा रिहाई गर्ने भन्ने बारेमा एक आदेश हुने छ।

त्यो आदेशसमेत चित्त नबुझे सम्बद्ध पक्षले सर्वोच्च अदालतमा निवेदन दिन पाउनेछ । सर्वोच्चले समेत सुनुवाइ गरेपछि थुनछेकको आदेश अन्तिम भएर बस्छ । त्यसपछि जिल्ला अदालत रुकुममा विचाराधीन ज्यानमुद्दाको सुनुवाइ अघि बढ्छ ।

तर जिल्लामा विचाराधीन मुद्दा अघि बढाउन भने अहिलेको यो प्रक्रियाले कुनै असर गर्दैन । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएपछि अपनी यो विषय तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुने छ।

क्रमण सुरुमा नवराज बिक जसको हत्यासंगै ६ जनाको हत्या गरियो ,

उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउनेछ । आइतबार मध्यरातमा मात्रै आदेश तयार भएकाले कुन कुन व्याक्तिलाई छोड्ने वा नछोड्ने भन्नेबारे आफुलाई केहि जानकारी नभएको सुर्खेत उच्च अदालतका रजिस्ट्रार माधवप्रसाद पौडेलले बताए।

घटनामा मुछिएकि सुस्मा मल्लकी आमालाई भने एक लाख धरौटीमा छोड्न रुकुम पश्चिमको जिल्ला अदालतले आदेश दिईसकेको छ। उनले एक लाख रुपैयाँ तिर्न नसक्ने भन्दै थुनामा बसेकी थिइन्।

तेस्तै घटनामा मुछिएको भन्दै सोधपुछ गर्न थुनामा राखीएका इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई अदालतले साधारण तारेखमा छोडिसकेको छ ।

घटनाको मुख्य दोषी वडाध्यक्ष डम्बरबहादुर मल्ललगायत अरू सबैलाई थुनाको राख्न आदेश अद्लातले दिएको छ ।

न्यायाको आसामा पिडित ,

रुकुम घटना एक जातिय नरसंहार भएको भन्दै दोषीलाई कडा कारबाहीको माग देशब्यापी रुपमा उठेको छ।

नेपालका विभिन्न संघ संस्था दलित आयोग ,मानवाधिकार आयोग लगायतले यो घटनाका दोषीलाई हदै सम्मको कारबाहीको माग गर्दै आन्दोलन गरेका थिए।

सुस्मा मल्ल र नवराज विक जसको सम्बन्धलाई जातको कुरा ल्याएर वडाअधय्क्षको रोबरमा सोतीको गाँउनै मलेर हत्या गरि भेरिनादीमा शव फालीएको थियो।