आज देशभर ४०४७ जना नँया कोरोना संक्रमित फेला,
असोज २६ ,काठमान्डौ – आज देशभर ४०४७ जना नँया कोरोना संक्रमित फेला परेका छन्।
गत २४ घन्टामा १४५३० जनाको पिसीआर परिक्षण गर्दा सो कोरोना संक्रमित फेलापरेपछि हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या १११,८०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तेस्तै आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३३८८० पुगेको छ। ति मध्ये संस्थागत आईसोलेसनमा १३९२३ र होम आईसोलेसनमा १३९६५ रहेका छन्।
तेस्तै गत २४ घन्टामा देशका विभिनन स्थानबाट १४७३ जना डिस्चार्ज भएपछि कुल ७७२७७ जना कोरों मुक्त भईसकेका छन्।
देशभरका क्वारिनटिनमा ४८३१ जना रहेका छन् आज ९ जनाको कोरोनाबाट मृत्यु भएपछि कुल ६४५ जनाको कोरोनाबाट निधन भईसकेको छ।

