Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या बढ्दो आजपनि १८ जनाको मृत्यु ,

असोज २७ ,काठमान्डौ – नेपालमा दैनिक जस्तो कोरोनाबाट मर्नेको संख्या बढेको मन्त्रालयको तथ्यांक छ। आज मात्र कोरोनाबाट १८ जनाको मृत्यु भएको छ ,यो संगै नेपालमा कोरोनाबाट कुल ६६३ जनाको निधन भईसकेको छ।

तेस्तै काठमान्डौमा मात्र कुल कोरोना संक्रमितको संख्या ३५,६३४ पुगेको छ भने काठमान्डौमा मात्र १३६ जनाको निधन भईसकेको छ।

जम्मा कोरोना संक्रमित संख्याबाट काठमान्डौमा आजको दिन सम्म जम्मा ११० जना निको भएका छन्।

तेस्तै ललितपुरमा पनि ४,९३५ जना कोरोना संक्रमित फेला परेका छन् ति मध्ये जम्मा ३० जना डिस्चार्ज भएका छन् भने ३८ जनाको कोरोनाबाट मृत्यु भईसकेका छ।

भक्तपुरमा ३५ सय कोरोना संक्रमित मध्ये ३१ जना मात्र डिस्चार्ज छन् भने २८ जनाको निधन भईसकेको छ।

स्वस्थ्य मन्त्रालयको आंकडालाई हेर्ने हो भने देशभरका कोरोना संक्रमितको आधाबढी उपत्यकामामात्र छन्।