कोरोना र मौसमी रुघाखोकीका लक्षण कसरि चिन्ने ,
असोज २८ ,काठमान्डौ – अहिले देशभरमा कोरोना (कोभिड १९ ) को संक्रमणले विश्वनै आक्रान्त भईरहेको छ जसको प्रतक्ष असर नेपालमा समेत परेको छ।
तेस्तै कोरोना संक्रमण र हाल मौसम परिवर्तनका कारण मानिसमा विभिन्न लक्षण देखापरिरहेका छन्।
यस्तो बेला कोरोना र मौसम रुघाखोकीका लक्षण समेत पत्ता लगाउन नसक्दा ब्याक्तिमा त्रास र मानसिक समस्या समेत बढिरहेको छ।
यस्तोबेला कोरोना र मौसमी फ्ल्युका लक्षण कस्ता हुन्छन भन्नेबारे एमईडि
ल्याब टेक्नोलोजी जनकमगरले सबैमा निम्न सूचना जानकारी गरेका छन्।
मगरका अनुसार कोरोनाका लक्षण र मौसमी फ्ल्यु निम्न तरिकाले पत्ता लगाउन सकिन्छ,
– सुक्खा खोकी लाग्ने ,हाच्छ्यु, एलर्जी ,कफसहितको खोकी लाग्नु ,नाकबाट पानि बग्नु ,जस्ता लक्षण कोरोनाका लक्षण नभई रुघामारको रहेको जनक मगरले बताउछन।
उनका अनुसार हल्का ज्वरो आउने ,कफसहितको ज्वरो ,नाकबाट पानि बग्नु ,हाछ्यु आउनु ,कमजोरी महसुस हुने र जिउ दुख्ने मौसमी फ्ल्युका लक्षण हुन् ।
यस्तै अत्यधिक ज्वरो आउने ,जिउ दुख्ने ,सुख्खा खोकी लागिरहेने ,कमजोरी हुने ,स्वासफेर्न गाह्रोहुने ,स्वाद थाहा नपाउने ,नाक चिलाउने ,हाछियु आउनु जस्ता कोभिड १९ संक्रमणका लक्षण रहेको मगरले बताए।
कोरोनाका लक्षण जस्ता देखापरेमा नजिकै रहेको स्वस्थ्य संस्थामागै जाँच गराउन पनि उनले आग्रह गरेका हुन्।
कोरोनाबाट बच्न बचाउन स्वस्थ्य मापदण्डका नियम पालना गर्न र खानपिन नियमित ब्याम जस्ता क्रियाकलाप गर्नपनि मगरले सबैमा आग्रह गरेका छन्।
तेस्तै हाल नेपालमा कोरोनाना सम्बन्धि प्रशारण हुने समाचार सम्बन्धि सकारात्मक संदेशहरु मात्र आफुले हेर्ने र आफ्ना बालबालिकालाइ पनि सकारात्मक समाचारमात्र पढाउन ,एदि कोरोना भईहालेमा पनि आत्मबल ठुलो बनाउन जनक मगरले आम जनमानसलाई जानकारी गरेका हुन्।

