Gold
Bangad salyan

नव नियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको सपथ ग्रहण ,

असोज २९ ,काठमान्डौ – हिजो बुधबार मात्र नियुक्त भएका तीन जना मन्त्रीलेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थीइन। मन्त्रिमण्डल हेरफेरमा केपी ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाईए र आफुले राखेका छन् ।