Gold
Bangad salyan

नक्कली प्रहरी जसले सञ्चार सेट (वाकीटकी) बोकेर दुई वर्षबाट धम्काउने र ठग्ने गरेका थिए,

असोज ३० ,काठमान्डौ – सञ्चार सेट (वाकीटकी) बोकेर दुई वर्षबाट धम्काउने र ठग्ने गरेका नक्कली प्रहरीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछाप खाँडोदेबी गापा वडान ६,निवासी हाल काठमान्डौ जिल्ला टोखा नगरपालिका बाँनियाटार बस्ने गोबिन्द खड्का रहेका छन्।

उनले ट्राफिक प्रहरीको यूनिफर्म ,टिशर्ट लगाई रातिको समयमा संचालनगर्ने व्यवसायी ,मानिसहरुलाई थर्काउने र आर्थिक लाभ लिने गरेको पाईएको प्रहरीले बताएको छ।खड्काले ALINCO लेखिएको Japan Made सञ्चार सेट थान प्रयोग गरेको पाईएको छ।

अनुसन्धानको क्रममा बरामद भएको सञ्चार सेटहरु, सन् 2014 JAN मा बिदेशी पर्यटकहरु सगरमाथा आरोहणको समयमा आउने क्रममा बिदेशी पर्यटकहरुले खाना बनाउने र चालक काम गर्ने नेपाली मानिसलाई राख्न दिईएको मा २ बर्ष अगाडीबाट गोबिन्द खड्काले उक्त सेटहरुको दुरुपयोग गरेको देखिएको प्रहरीले बताएको हो।

जुन सञ्चार सेटले नेपालमा रहेका अन्य सञ्चार सेटको Frequency टिप्ने गरेको (जस्तै-:एयरपोर्टको Ground Holding ) प्रहरीको संचारसेट आदीको आवाज Receive हुने तर Transmit नहुने गरेको प्रहरी श्रोतले बताएको छ।

खड्काले शंकास्पद व्यक्तिले नक्कली प्रहरी लगायत अन्य सुरक्षा निकाय समेतको पोशाक दुरुपयोग गरि सुरक्षा निकायको कर्मचारी हुँ भनि बिभिन्न ब्यक्तीहरुलाई प्रभावमा पर्ने गरेको विशेष सुचनाको आधारमा शाखाको टोलीले पक्राउ गरेको बताएको हो।

खड्कालेलाई हिजो २९ गते काठमान्डौ जिल्ला टोखा नपा वडान ८ बाँनियाटारबाट पक्राउ गरी आवश्यक कानूनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको श्रोतले जनाएको छ।

खड्काबाट शाखको टोलीले बरामद गरेका सामानहरु ,

१. KENWOOD लेखिएको 144 MHZ( made in Singapore) को सञ्चार सेट थान, १
२. ALINCO लेखिएको Japan Made सञ्चार सेट था, १
३. गोबिन्द खड्का लेखिएको Name plate थान, १
४. नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरु ,
५. सुरक्षा निकायले लगाउने बुट, २ जोर,
६. गोबिन्द खड्काको मतदाता परिचय पत्र १,
७. सिठि थान, २,
८. बा ७८ प १६२ नं. को मो.सा. थान , १,
९. सवारी चालक अनुमति पत्र थान-१
१०. बिभिन्न ब्राण्डको मोवाईल थान-४