जनयुद्दमा घाईते भएर अहिले सम्म उपचार नपाएका प्लाटन कमाण्डर कांग्रेसमा प्रवेश ,
जाजरकोटमा नेकपा छोडेर नेपालि कांग्रेसमा प्रवेश गर्नेको लहर ,
कार्तिक १,जाजरकोट – जनयुद्दमा घाईते भएर अहिले सम्म उपचार नपाएका नेकपा पुर्व माओबादी जनमुक्ति सेना प्लाटन कमाण्डर कांग्रेसमा प्रवेश गरेका छन्।
माओबादी जनमुक्ति सेना कम्पनी भिसी गोपाल रोकाय र प्लाटन कमाण्डर रुपा रोकायलाई जाजरकोटका पुर्व सांसद राजिव विक्रम शाहीले प्रवेश गराएका हुन्।
युद्दको बेलामा गोपाल रोकाय खैरिखोलामा घाईते भएको र रुपा रोकायले विभिन्न जिल्लामा लडाईमा परेको सुनाए।
आफुहरु दुवै शरीरमा अहिलेपनि गोलीका छर्रा हरु रहेको र राज्यले कुनै उपचार नगरेको हुँदा आफुहरुले नेपाली कांग्रेस पार्टी रोज्नुपरेको बताए।
युद्द वार पार गरेर शान्तिसम्झौता हुँदापनि आफुहरुलाई अयोग्य भन्दै पठाईएको उनीहरुले गुनासो पोखे। अहिले सम्म कसैलेपनि नहेरेको र अहिले अपाङ्ग भएर काम गरिरहेको घरजोहो गरेको भन्दै उनीहरुले नेकपा पार्टीप्रति आक्रोस पोखे।
हिजो जनयुदमा ज्यान फालेर लडेको र अब राजिव विक्रम शाहीको लागि आफुहरु ज्यान दिएर अगाडी बढ्ने र आउँदो चुनावमा समेत शाहीलाई विजय गराउने उनीहरु बताउछन।
तेस्तै दुवैले आफुहरुलाई सक्दो कुनै काममा लगाईदिन समेत अनुरुध गरेका छन् ,जाजरकोटमा नेकपा छोडेर कांग्रेस पर्वेसः गर्नेहरुको अहिले लहर देखिन्छ पुर्व सांसद शाही जाजरकोटबासीका प्रियानेतामा गनिन्छन।
गत चुनवामा गठबन्धन संगै चुनाव लडेका उनले हार बेहोर्नुपरेको थियो।अहिले पुन: जाजरकोटबासीले शाहीलाई भेट्दै र पार्टी प्रवेश गर्ने गरेका छन् ,राजिव शाही बाटोमा हिड्दा समेत अहिले स्थानीय टिका लगाउदै र नेपालि कांग्रेस पार्टीमा प्रवेश गर्ने गरेका देखिन्छन।

