Gold
Bangad salyan

आज थप ३१६७ जना कोरोना संक्रमित थपिए १८०० डिस्चार्ज ,

कार्तिक १ ,काठमान्डौ – नेपालमा गत २४ घन्टामा मात्र आज थप ३१६७ जना कोरोना भाईरसका संक्रमित थपिएका छन्।

स्वास्थ्यमा मन्त्रालयले देशभर १५४३८ पीसीआर परिक्षण गर्दा सो संख्या फेलापरेपछि हाल सम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १२९,३०४ पुगेको छ।

गत २४ घन्टामा १८०० जनाले कोरोना जितेका छन् यो पछि हाल कुल ,८९८४० जनाले कोरोना जितेर घर फर्केका छन्।

तेस्तै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८७३७ रहेको छ ,संथागत आईसोलेसनमा १३२९९ र होम आईसोलेसनमा १५४३८ जना रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

गत २४ घन्टामा अ१२ जनाको कोरोनाबाट ज्यान गएको छ यो संगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ७२७ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ।