Gold
Bangad salyan

राष्ट्रियतामा लडने नेपाली पुर्खा ,

कार्तिक ४ ,काठमान्डौ – वीर रसले भरिएको राष्ट्रियता र देशभक्त भावनाको गजल लेख्न मन लागेको समाज परिवर्तनमा लागेका युवा राजन कार्की बताउछन।

देशको राष्ट्रियतामा आँच आईरहेकोबेला अहिलेको वर्तमान परिस्तिथिमा के संदेश दिन्छ भन्नु भन्दापनि यो सबै सचेत नागरिक र आम पाठकहरुमा समर्पित गरेको उनि बताउछन।

गजलको शेर ७ पंङ्गतिमा लेखिएको र कमै रचिने यो गजल दुर्लभ मानिने पनि कार्कीले बताए।

गजलले गणतान्त्रिक नेपाललाई वास्तविक नेपाल बनाउन जोगाउन आग्रह गर्दछ कि भन्ने आफुलाई लागेको प्रस्ट पार्न गजलको नियम तोडी आफैले लेख्ने प्रयास गरेको छु उनले भने ।

तेस्तै रदिफ र काफियाको पनि सकभर ध्यान दिएको छु बाँकी आदरणिय शुभच्छुक नागरिक तथा पाठकहरु प्रति सधै नतमस्तक ऋणि रहेको उनले बताए।

यस्तो छ उनको गजल

नेपालीहरुको विश्व विरता, बलभद्रले देखाएथे ।
मात्रृभुमीलाई परेटबाट, अमरसिंहले बचाएथें ।।

देशको स्वतन्त्रता / राष्ट्रियतामा, लडने नेपाली पुर्खा ।
शत्रृफौज अङ्गेजलाई , टिस्टा- काँगडा-गौडा कटाएथे ।।

शान्ति क्षेत्र मौलिक देश हाम्रो, देश प्रेमी नेपाली हामी ।
युग्द -अशान्ति हटाई, सवै वर्गका नागरिकलाई हसाएथे ।।

देशगौरव समवृद्धि बढेकोथ्यो, पुर्खाहरुको वाहादुरीले ।
स्वाभिमानी नेपाली सभ्यता भनि, संसारमा चिनाएथे ।।

सगरमाथाको चुचुरोलाई, चुम्ने विशाल पाईला नेपालीकै ।
शान्तिका हिमायति” नेपाल” ईतिहासमा लेखाएथे ।।

निरन्तर कर्तब्यमा देशको सेवा, निस्वार्थ भाबले गरिरहे ।
कहिल्य नझुकी शत्रृसंग हिसाब -किताब चुकाएथे ।।

अप्सराहरुले नाँच्ने ? गाउने,वुद्धको जन्म/ कर्म भुमी ।
यहि हिमालमा शिव पार्वतिले ,माया-पिरति लगाऐथे ।।