Gold
Bangad salyan

नेकपा नेता जनार्दन शर्मा दम्पति सहित भाईलाई पनि कोरोना संक्रमण ,

कार्तिक ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) का नेता जनार्द शर्मा प्रभाकर र उनकी पत्नी लक्ष्मी र भाई अनिल शर्मालाई कोरोना संक्रमण पुष्टि भएको ।

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको उनले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

आफुलाई हल्का ज्वरो आएपछि र शंका लागेपछि परीक्षण गर्दा कोभिड १९ संक्रमण फेला परेको शर्माले बताए।

तेस्तै केहि दिन यता आफ्नो नजिक भएर भेट घाट गर्ने जो कसैले परीक्षण गरि ढुक्क हुन समेत आग्रह गरेका छन्।

संक्रमण देखिएपछि स्वस्थ्यकर्मिको सल्हा अनुसार अहिले शर्मा र परिवार भाई होमआईसोलेसनमा रहेका छन्।