जुरेन त्यो प्रेम, कुट,पिटबाट निरुको मृ त्यु, बिचल्लीमा छोराछोरी
काठमाडौँ १७ कार्तिक – असोज १८ गते विहान विकाश कासिछ्वा चाँगुनारायण नगरपालिका वडा नम्बर ९, बह्मायणी नजिकै रहेको आफ्नो घरमा थिए । बहिनी रुँदै माइती घरमा आइन् । २९ वर्षकी निरु कासिछ्वा (नागा) विकाशकी कान्छी बहिनी हुन् । केही वर्षयता श्रीमानको हिं’साबाट पी’डि’त निरुको सहारानै माइती थियो । माइतीमा छिर्न नपाउदैं निरुले आफूलाई श्रीमानले कु’टपि’ट गरेकाले आएको बताइन् । बिहान १० बजेपछि मात्र प्रशासन र प्रहरी कार्यालय खुल्ने भएकाले विकाशले बहिनीलाई खाना आएर जाने सल्लाह गरे । कार्यालय समय भएपछि उनी बहिनी निरुलाई लिएर जिल्ला प्रहरी कार्यालय भक्तपुरमा पुगे ।
यहाँ पुगेपछि आवश्यक कानुनी का’रवाहीकोलागि निरुले निवेदन दिइन् । प्रहरीका कर्मचारीले फोन गरेर रोशन नागालाई बोलाए । उनी तुरुन्तै आइपुगे । ‘बहिनी र मेरो खुट्टा समाएर अब यस्तो गर्दिन भन्दै माफी मागे’ बिकाशले भने । १२ वर्ष आगाडी प्रेम विवाह गरेकी निरु श्रीमान रोशनले गल्तीको महशुस गरेका भन्ने सोचेर माफी दिन तयार भइन् । उनीहरु श्रीमान श्रीमती दुवै जना हामी मिल्छौं भनेपछि प्रहरी कार्यालयका कर्मचारीले विकाशलाई ‘सोध के गर्ने सर ?’
बहिनी र ज्वाई एक आपसमा मिल्ने भएपछि विकाशले ‘के गर्ने र सर उनीहरु मिलेपछि भै गो नि’ भन्ने जवाफ प्रहरी प्रशासनका कर्मचारीलाई दिए । त्यसपछि उनीहरुलाई प्रहरीले एक सातामा कार्यालय आउने सर्तमा घर जान दिएको थियो । असोज १९ जिल्ला प्रशासनबाट हास्दैं श्रीमानको घर गएकी निरुले कार्तिक १२ गते बिहान ६ बजे थिमिस्थित मध्यपुर अस्पतालमा प्राण त्यागिन् । प्रेम विवाह गरेकी निरुलाई १२ वर्षपछि त्यो प्रेम जुरेन । ११ वर्षकी छोरी र ५ वर्षका छोरोले आमाको माया सदाको लागि गुमाए ।
कसरी भयो तपाईंको बहिनीको मृ त्यु भन्दा विकाशले ज्वाई रोशनको कु’टाईकै कारणले निरुको मृ त्यु भएको आरोप लगाए । माइतीपक्षले किटानी जाहेरी दिएपछि रोशनलाई महानगरीय प्रहरी वृत्त जगातीले प’क्राउ गरेको छ । कार्तिक २ गते निरुकी सासूले निरुकी आमालाई फोन गरेर तपाईंकी छोरी बिरामी भएर अस्पताल लगेको छ आउनु भन्दै फोन गरेकी थिइन् । फोन आएपछि आमाले छोरो विकाशलाई बताइन् । त्यसपछि विकाशले फोन गरेर कुन अस्पताल हो भन्ने सोधर तुरुन्तै डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी गए ।
विकाशले भने, ‘अस्पताल पुग्दा बहिनीले ज्वाइले कु’टेर आफ्नो हालत यस्तो सुनाइन् ।’ निरुलाई अस्पताल पुग्दा बान्ता हुने भइरहेको थियो । दिनभर अस्पताल बसेर साँझ कम भएपछि डाक्टरले नै घर जानुस् भनेकाले बहिनीलाई घरमा लगिदिएको उनले बताए । ३ गते बिहानै विकाशलाई बहिनी भेट्न जान मन लाग्यो । उनी सूर्यविनायक नगरपालिका वडा नम्बर ६ मा रहेको बहिनीको घरमा पुगे । तर, त्यहाँ निरु थिइनन् ।
अस्पताल लगेको बताएपछि उनी मध्यपुर अस्पतालमा गए । ‘अस्पताल पुग्दा निरुको अवस्था निकै नाजुक थियो, बिरामी मानिसलाई घर लगेरपनि कुटेछ’, विकाशले भने, ‘अस्पतालमा ज्वाईँ थिएन्, आमामात्र थिइन् मैले फोन गरेर बोलाएँ ।’ डाक्टरले तुरुन्तै टाउकाको अप रेशन गर्नुपर्छ भनेपछि सीटीस्क्यान गरियो । अपरे,शनपछि पनि बिरामीको अवस्थामा खासैं सुधार भएन । भेन्टिलेटरमा राखेको ९ दिनपछि निरुको नि धन भयो । माइतीपक्षले रोशनको अर्कै महिलासँग प्रेम सम्बन्ध रहेकाले केही वर्ष यता उनले श्रीमतीमाथि हिं’सा गर्दै आएको आ’रोप लगाएका छन् । दिदी निकिताले भनिन्, ‘छोरी चार महिनाको पेटमा हुदाँखेरी नै रोशन कु’टाईबाट निरुको रक्तशाव भएको थियो ।’
निरुको सम्पूर्ण मेडिकल रिर्पोट, पोष्टमार्डम रिर्पोटको माग गर्दै माइतीपक्षले कु’टाईको कारणले बहिनीको मृ त्यु भएको भन्दै का’रवाहीको लागि प्रहरीमा किटानी जाहेरी दिएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ दिपक गिरीले क र्तव्य ज्या,न उजुरी आएकाले रोशन नागालाई प’क्राउ गरिएको बताए । निरु र रोशन प्रहरी आएर विगतमा मिल्छौं भनेको तर तोकिएको तारेखमा नआएको समेत गिरीले बताए । घट,ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

