Gold
Bangad salyan

प्रहरी सिपाईले गरे १५ वर्षीया बालिकाको बला,त्कार,

काठमाडौं,१८ कार्तिक-दिन प्रतिदिन ना जायज घट,ना बाहिरन थालेका छन् । यतिबेला समाजमा अनेक प्रकारका घट,ना बाहिरिएका छन् । यस्तै घट,ना डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानले आफ्नो हवस मेटा,उनका लागि ती बालिकाको इज्जत लुटे । गाउँमा अशान्ति हुन लाग्यो भन्दै स्थानीयले प्रहरी चौकीको माग गरेपछि सुरक्षाका लागि अस्थायी प्रहरी पोष्ट राखिएको थियो । तर के थाहा, रक्षक नै भक्षक होलान् भन्ने ! सदाझैं कात्तिक १३ गते राति पनि बालिका खाना खाइवरी आफ्नो कोठामा सुत्न गइन् । उनी सुत्ने कोठा भुइँतलामा छ ।

परिवारका अन्य सदस्यहरु अर्कै कोठामा सुत्छन् । कोठामा गएर केहीबेर उनले किताब पढिन् । पढ्दापढ्दै निदाइछन् । राति ११ वजे उनको कोठामा एक जना पुरुष पसे । उनी थिए बझाङ्ग स्थायी घर भई गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंह । उनले बालिकालाई ब्युँझाए, मुख थुनिदिए अनि बला,त्कार गरे । आफूले गरेको अपराध लुकाउन उनले बालिकाको ज्यान लिने सोचे । बालिकाकै दुप,ट्टाले उनको घाँटी थिचे । बालिका बे,होस भएपछि उनलाई घर नजिकैको कोदो बारीमा फालेर प्रहरी जवान सिंह आफ्नो बाटो लागे ।

‘१४ गते बिहान ३र४ बजेतिर म बाहिर आउँदा बारीमा कोही कराएको जस्तो आवाज आयो,’ पीडितका बुवा भन्छन्, ‘के रहेछ भनेर हेर्न जाँदा त आफ्नै छोरी रहिछे, अनि घर लगेँ ।’ छोरीलाई कुनै भूत,प्रेतले समा,त्यो भन्ने लाग्यो उनलाई । तर जब आमाले छोरीको अवस्था नियालिन् अनि थाहा भयो दुर्दशा । उनले छोरीलाई उपचारका लागि गडसेरा स्वास्थ्य चौकी, जोरायल प्राथमिक स्वास्थ्य केन्द्र हुँदै सेती प्रादेशिक अस्पताल पु¥याए । धनगढीमा उपचार गरेपछि बालिका होसमा आएकी छन् । बालिकाको घाँ,टीमा दुप,ट्टाले कसेको निल,डाम छ । शरीरमा कु,टपिटका घा,उहरु पनि छन् ।

आफूलाई प्रहरी जवानले फोन गर्ने गरेको पीडित बालिकाले बताइन् । ‘म माया गर्छु र तिमीसँग विवाह गर्छु भन्थ्यो,’ बालिकाले भनिन् ‘राति घरमा आएर ज्या,नै मा,र्न खोज्यो ।’ अस्थायी प्रहरी पोष्ट गडसेराले बालिका बला,त्कारपछि ह,त्या प्रयासको घट,नाको निवेदन गर्दा गर्न नमानेको गुनासो पी,डितकी आमाको छ । घट,नामा संलग्न प्रहरी जवान सुशील सिंहविरु,द्ध उजुरी दिन पीडित बालिकाका परिवारका सदस्य कात्तिक १४ गते बिहान अस्थायी प्रहरी पोष्ट पुगेका थिए । पोष्टका इन्चार्ज चन्द्र भण्डारीले उजुरी लिन नमानेपछि पी,डितहरु निरास भएका थिए । बालिकाकी आमा भन्छिन् ‘निवेदन दर्ता गर्न भनेपछि उल्टै हकारेर पठाए ।’

पीड,क प्रहरी जवानलाई कडाभन्दा कडा कारवाही हुनु पर्ने बताउँछन् पी,डितका आफन्त तथा स्थानीय रमेश खडायत । नेकपा जिल्ला सदस्य समेत रहेका खडायतले भने, ‘अप,राध गर्ने प्रहरी जवानसँगै निवेदन दिन जाँदा उल्टो हपार्ने इन्चार्जलाई पनि कार,वाही हुनु पर्छ ।’उनले अस्थायी पोष्टमा रहेका सबै प्रहरी कर्मचारी गैरजिम्मेवार देखिएकाले उनीहरुलाई तत्काल सरुवा गरी नयाँ प्रहरी कर्मचारी पठाउनु पर्ने बताए ।