Gold
Bangad salyan

प्रहरी कार्यालय सहयोगी पदका लागि ३६० जनाकोदरखास्त आव्हान

काठमाडौं, २२ कात्तिक । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा ३६० जनाका लागि भर्ना खुला भएको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी कार्यालयले नयाँ भर्ना दरखास्त आव्हान गरेको हो । नयाँ भर्नामध्ये मालीरबगैंचेतर्फ ९ जना, भान्छेतर्फ २६१ जना, हजामतर्फ १० जना, सिलाईरबुनाइतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर ९हाल सम्पर्क कार्यालय राजविराज सप्तरी०, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत ९हाल नेपालगञ्ज० र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने बताइएको छ ।

नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने छन् । उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।