बाँकेबाट १० किलो चार सय ग्राम लागुऔषध अफिमसहित प,क्राउ
२२ कार्तिक,काठमाडौं- जाजरकोटका एक व्यक्ति बाँकेबाट १० किलो चार सय ग्राम लागुऔषध अफिमसहित पक्राउ परेका छन्। जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं। २ का ३७ वर्षीय तिलकबहादुर शाही बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं। ८ रनियापुरबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आशंका लागेर खान तलासी गर्ने क्रममा शाहीले बोकेको झोलाबाट उक्त परिमाणमा अफिम बरामद भएको जानकारी दिए। शाहीको झोलाबाट ११ वटा प्लाष्टिकमा पेटी बनाइराखेको अवस्थामा अफिम बरामद भएको एसपी रानाले बताए ।
लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालयबाट विशेष प्रहरी टोलीले बिहीबार दिउँसो ४ बजेतिर शाहीलाई नियन्त्रणमा लिएको रानाले जानकारी दिएका छन्। पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। त्यस्तै, बिहीबार मात्रै जाजरकोट जिल्लाका दुई व्यक्ति रुकुमपश्चिम जिल्लामा १२ किलो अफिमसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं। ८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँका ६० वर्षीय कालिबहादुर सिंह रहेका छन्। उनीहरू रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नं। ९ राडी बजारस्थित धीरेन्द्र शाहको घरबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शाहको घरमा कोठा भाडामा बस्दै आएका थिए।

