Gold
Bangad salyan

छुवाछूत विरु,द्ध रेखाको कडा कदम

२४ कार्तिक,काठमाडौं-‘प्रविधिको विकासले संसार निकै साँघुरो भइसक्यो। विश्वास नै गर्न नसकिने उपलब्धि मानिसले गरिरहेको छ। हामी भने अझै पनि जातका आधारमा भेदभाव गरिरहेका छौँ। यो शुद्ध, ऊ अशुद्धस यो ठूलो जात, ऊ पानी नचल्ने जात भनेर विभेद गरिरहेका छौं। यो अत्यन्तै गलत हो।’
माथिको अभिव्यक्ति हो, अभिनेत्री तथा चलचित्र निर्मात्री रेखा थापाको। मिडिया एड्भोकेसी गु्रपले शुक्रबार राखेको एक भर्चुअल अन्तत्र्रिmयामा थापाले छुवाछूतको विषयमा यो विचार राखेकी थिइन्।

उनले भनिन्, ‘कोही मानिसलाई जन्म र जातका आधारमा सदियौंदेखि चरम विभेदमा पारिनु अत्यन्तै लज्जास्पद कार्य हो।’ उनले विभेद हटाउन आफैंबाट सुरु गर्नुपर्ने बताइन्।‘दलित आन्दोलनमा गैरदलितको भूमिका’ शीर्षक छलफल कार्यक्रममा सहभागी रेखाले सबै जात, धर्म समान भएको धारणा व्यक्त गरिन्। क्षेत्री परिवारमा जन्मिएकाले छुवाछूतको पीडा भोग्न नपरे पनि बाल्यकालमा महिनावारी हुँदा पाँच दिनसम्म आफूमाथि अशुद्धजस्तै व्यवहार गरिएको उनले स्मरण गरिन्।

भनिन्, ‘चार दिन अशुद्ध बनाइँदा त कति पीडा हुन्थ्योस अझ जातका आधारमा जीवनभर दलित बनाइनु र पानी नचल्ने भनेर विभेद गरिँदा भोग्नेलाई कति पीडा भएको होला रु धर्म र संस्कारका नाममा गरिने अपराध हो यो। चरम यातना हो। मानिसले मानिसलाई गर्ने लज्जास्पद कार्य हो।’आधुनिक युगमा पनि शुद्ध र अशुद्ध भनेर सोच्नु नै गलत रहेको बताउँदै थापाले छुवाछूत सामाजिक अपराध भएकाले दलितको मात्रै विषय भन्न नहुने धारणा राखिन्।

यो जात, ऊ जातस यो धर्म, ऊ धर्म भनेर लाग्नुभन्दा पहिले सबै मानव बन्नुपर्ने र एकअर्कामा मानवीय धर्म निर्वाह गनुपर्ने उनको तर्क थियो। परम्परा र संस्कारका बहानामा होस् या आर्थिक तथा सामाजिक अवस्थाको निहँुमा, सदियौंदेखि छुवाछूतलाई प्रश्रय दिने गलत अभ्यास चलेको उनले जनाइन्। नेपाली चलचित्र क्षेत्रमा पनि गैरदलित कलाकारकै संख्या बढाउँदै दलितका विषयमा निकै कम मात्रै चलचित्र बनाइने गरेको उनले बताइन्। भनिन्, चलचित्र निर्माण गर्दा दलितका मुद्दा पनि उठायौं तर विषयलाई व्यापारका रूपमा सीमित गरियो।

व्यावसायिक नाफाका रूपमा प्रयोग गरियो। कसैले पनि जरोसम्म पुग्ने हिम्मत गरेनन्। समाजमा जरो गाडेर बसेको यो प्रथा निर्मूल पार्न एउटा चलचित्रमा मात्रै हैन, हरेकले आवाज उठाउनु पथ्र्यो तर यसलाई कसैले पनि गम्भीर रूपमा लिएनौँ।’दलितका मुद्दा, गरिबका मुद्दा, महिलाका मुद्दा भनेर खण्डखण्डमा आवाज उठ्ने गरेकाले पनि यस्ता विषय पूर्णकालीन समाधान हुन नसकेको थापाको धारणा थियो।

उनले भनिन्, ‘एकीकृत रूपमा समस्या समाधान हुन जरुरी छ, नत्र नारामै सीमित हुन्छ। यसैगरी चलिरहन्छ विभेद।’थापाले हामी मानिस बन्न नसकेको आरोप लगाउँदै प्रश्न गरिन्, ‘सचेत मानिसले अर्को मानिसलाई कसरी गर्न सक्छ विभेद रु छुवाछूतका नाममा चरम विभेद र सुन्नै नसक्ने यातना रु’ उनले मानव बन्न र मानवीय धर्म निर्वाह गर्न जोड दिइन्।