Gold
Bangad salyan

देशभरमा चिसो बढ्यो काठमान्डौको तापक्रम १७ डिग्री ,

मङ्सिर १ ,काठमान्डौ – मङ्सिर महिना सुरु भएलगतै देशभरमा चिसो बढेको छ।राजधानीमा अद्त्यधिक चिसो बढेको छ भने आज काठमान्डौको तापक्रम १७ डिग्रि सेल्सियसमा झरेको छ।

तेस्तै हिजो देखि कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्ष समेत भएको छ। अघिका वर्षमा पुष माघबाट जाडो याम सुरु हुनेभएपनि यो वर्षभने कार्तिकको अन्तिम साताबाटनै देशभरमा चिसो मौसम सुरु भएको हो।

तेस्तै यो वर्ष मंसिरमानै मुगुमा हिउँ परेको छ ,आइतबार मध्यरातदेखि मौसममा बदली भई रारा, मुर्मा, ताल्चा, चुचुमारेलेक, घुच्चीडाब, बाम, चंखेली लेक, मुगु, डोल्फु, छायाँनाथ, लगायत क्षेत्रमा ३ इन्च हिउँ परेको हो ।

गत भदौदेखिनै सुक्का देखिने मुगुका डाडाकाँडा जंगलहरि हिउँले सेताम्य देखिन्छन। तेस्तै उच्च पहाडी क्षेत्रमा पनि वर्षा भएअछी किसानहरु खुसि देखिएका छन्।