Gold
Bangad salyan

सन्दीप बने बर्षकै उत्कृष्ट खेलाडी ,,

बिहीबार पल्सर स्पोर्टस अवार्डमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सन्दीपले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका हुन्।

पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट युवा खेलाडीको सूचीमा क्रिकेटर सन्दीपसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जोडोकी मनिता श्रेष्ठ र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए।

उनले अन्य चार खेलाडीलाई पछि पार्दै सन्दीप उत्कृष्ट युवा वर्ष खेलाडी घोषित भएका हुन्।

त्यसैगरी उत्कृष्ट प्रशिक्षकमा क्रिकेट प्रशिक्षक जगत टमाटा विजयी भएका छन् ,भने विशेष प्रदर्शन तर्फको अवार्ड क्रिकेटर करण केसीले पाएका छन्।