Gold
Bangad salyan

आफ्नै श्रीमतीको हत्या गर्ने चुडामणि भण्डारी

८ मंसिर,दमक नगरपालिका( १ का चुडामणि भण्डारीले खुकुरी प्रहार गरी खेतमा काम गर्दै गरेकी श्रीमतीको आइतबार साँझ हत्या गरेका छन् कमल गाउँपालिका( ६ स्थित खेतमा ३७ वर्षीय भण्डारीकी श्रीमती टिकामाया पौडेल काम गरिरहेकी थिइन्। उनीसँगै अर्का पुरुष पनि काम गर्दै थिए। त्यतिबेलै भण्डारीले खुकुरी प्रहारबाट टिकामायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

उनले श्रीमतीसँगै धान उठाउँदै गरेका दमक( २ का प्रकाश चन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते दाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रवक्ता थापाले बताए। स्थानीयका अनुसार दाहालले पनि भागेर मात्र ज्यान जोगाउन सफल भएका थिए।

श्रीमतीको हत्यामा संलग्न भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। उक्त घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।