Gold
Bangad salyan

कक्षा १२ को परिक्षा सुरु स्थानीयमा फैलिनसक्छ कोरोना महामारी,

मङ्सिर ९ ,काठमान्डौ – कोरोना महामारीकैबेला आज देखि मुलुकभर कक्षा १२ को परिक्षा सुरु भएको छ। आज ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।

कोरोना महामारीको बेला संसारभरका विद्यालय बन्द भएकैबेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । यस्तो बेला झनै स्थानीयमा कोरोना फैलिन सक्ने भन्दै स्वस्थ्यविज्ञहरुले सचेत हुन सबैमा आग्रह समेत गरेका छन्।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार सबै परिक्षाकेन्द्रमा स्वास्थ्य मापदण्ड अप्नाउन भनिएको छ भने विद्यार्थीलाई पनि स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ।

परीक्षासम्बन्धी कार्यविधिमा स्वास्थ्य मन्त्रालय लगायतका निकायले तोकेका मापदण्ड पुरा गरे नगरेको पनि अनुगमन हुने पौडेलले बताए।

विद्यार्थीदेखि स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा सबिन पानीले हात धुने ,शरीरको तापक्रम नाप्ने हातमा सेनीटाईजर प्रयोग गराईएको छ। परिक्षा हलमा २ देखि ३ मिटरको फरकमा २० जना विद्यार्थी राखीएको छ।

बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

आज देखि सुरु भएको परिक्षा मंसिर १६ गते परीक्षा सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन भईरहेको छ ।