प्रधानमन्त्री ओलीले टिकटकमा राखेको भिडियो एकैदिन भाईरल ,२ लाख नजिक ,
मङ्सिर १५ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक चलाउन सुरु गरेका छन्।
यो संगै ओली विश्वमा टिकटक चलाउने पहिलो प्रधानमन्त्री बनेका छन्। उनले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोलेपछि भेरिफाई समेत भएको छ।
ओलीको एकाउटमा एउटा भिडियो समेत हालीएको छ जसलाई झन्डै २ लाख नजिक दर्शकले हेरिसकेका छन् भने २ सय बढी दर्शकले कमेन्ट गरेका छन्।
ओलीको भिडियोमा मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको भनेर भिडियो अपलोड गरिएको छ।
अमेरिका ,पाकिस्तान ,भारत लगायतले टिकटक बन्द गरेपनि नेपालमा भने यसको प्रयोगकर्ता बढेको देखिन्छ। टिकटकमा भाईरलहुने दाउमा नेपालीले विभिन्न खाले आपतिजक भिडियो समेत हालेको पाईएपछि नेपालमा पनि यसलाई बन्द गर्नुपर्ने सरोकार वालाको माग छ। तर देशकै अगुवा प्रधानमन्त्री ओलीले अहिले टिकटकलाई प्राथमिकता दिएपछि चौतर्फी विरोध समेत भएको छ।

