Gold
Bangad salyan

आज थप १२७२ जना संक्रमित थपिए उपत्यकामा ६०६ ,

मङ्सिर १९ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीमा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो संगै कोरोना संक्रमितको कुल संख्या २३८,८६१ पुगेको छ। तेसैगरि पछिल्लो २४ घन्टामा १,५७५ जना कोरोनालाई जितेर घर फर्केपछि हाल सम्म २२१,८४७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ३१ पीसीआर परीक्षण भएका छन् ।

,यो संगै नेपालमा हाल सम्म १,७ लाख ७१,हजार ९५० जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको हो।

आज काठमाडौं उपत्यकामा ६ सय ६ कोरोना संक्रमित थपिएका छन्। जसमध्य काठमान्डौमा । ४ सय ४० , भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा कोरोना संक्रमणबाट गत २४ घन्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ। यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १,५६७ पुगेको हो।