Gold
Bangad salyan

साहित्यकार पृथ्वी बहादुर सिंहका दुई संग्रह विमोचन ,

मङ्सिर २२ ,काठमान्डौ – साहित्यकार पृथ्बी बहादुर सिंहका दुईवटा कविता संग्रह विमोचन गरिएको छ ।सिंहका समृद्धिकाे लहरिमा कर्णाली (नियात्रा संगालो ) सहिदकाे सपना (कविता संग्रह) विमोचन भएका हुन् ।

कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्रि महेन्द्र बहादुर शाही ,मध्यपश्चिम विश्व बिध्यालयका उपकुलपती प्रा.डा. नन्द ब. सिहद्वारा आज एक कार्यक्रमको बिचमा बिमोचन समापन भएकाे हो।

सिंहद्वारा रचित संग्रह कोरोना अगाडिनै प्रकाशन भएपनि करिब ९ महिनापछि आज विमोचन गरिएको हो। संग्रह विमोचनलाई वाङ्गमाया चौतारी नेपाल साहित्य निकेतन सुर्खेतले आयोजना गरेको थियो।

कोरोना महामारीकै बीचमापनि आ आफ्नो तर्फबाट कार्यक्रममा सघाउने सम्पुर्ण साहित्यकार ,राजनितिकदल उधाेगि ब्यापारि प्रध्यापक उपप्रध्याप र मुख्य मन्त्री सचिवालय टिम र समग्र उपकुलपति ज्यूमा सिंहले धन्यवाद ज्ञापन गरेका छन्।

सुर्खेतको सिम्ता गाँउपालिकाको दुर्गम बस्तिमा जन्मीएका साहित्यकार पृथ्वी बहादुर सिंह रास्ट्रिय अन्तरस्ट्रिय रुपमा आफुलाई साहित्यक रुपमा चिनाउन सफल ब्याक्तिमा चिनिन्छन।