Gold
Bangad salyan

पर्सामा एक पुरुषको श,व फेला,ह*त्या कि आत्मह-त्या

२७ मंसिर, वीरगञ्ज । पर्सामा एक जना पुरुषको शव फेला परेको छ । वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको श,व फेला परेको हो । बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको श,व गाउँकै कुलोमा फे,ला परेको हो । गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार श,व फेला परेको प्रहरीले जनाएको छ । रगत लागेको लठ्ठी पनि श,वको छेउमै भेटिएकाले उनको ह,त्या भएको आशंका प्रहरीले गरेको छ ।

‘घट,नास्थलको प्रकृति हेर्दा कर्तव्य गरी मा,रेको जस्तै देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गंगा पन्तले भनिन्, ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घट,नाबारे थप अनुसन्धान गरिरहेका छौं ।’पैसाका लागि उनको ह,त्या भएको हुनसक्ने आंशका गरिएको छ । मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । साँझ ६ बजे गाउँकै चोकमा उनलाई देख्नेहरु पनि भेटिएका छन् । शुक्रबार नै भाञ्जीको बिहे थियो ।

विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा श,व भेटिएको छ । गाउँलेले श,व देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए । घट,नास्थल जाँच मुचुल्कापछि श,व पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ । सुरेन्द्रले मोबाइल फोनसमेत नबोक्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।