सुर्खेतमा सरकारविरुद्द नेपालि कांग्रेसको चर्को नाराबाजी केपी तेरो पाराले दु:ख पाए साराले ,
मङ्सिर २९ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा सरकारविरुद नेपालि कांग्रेसले विरोध प्रदर्शन गरेको छ। कांग्रेसले आज देशव्यापी रुपमा गरेको शक्ति प्रदर्शनमा कर्णाली प्रदेशका १० जिल्लमा प्रदर्शन भएको छ।
प्रदर्शनमा नेपालि कांग्रेसका कार्यकर्ता नेताको बाक्लो उपस्तिथी थियो। उनीहरुले विरेन्द्रनगर नगरपालिका परिक्रमा गर्दै सरकारविरुद्द उत्तेजित नाराबाजी समेत गरेका थिए।

केपी ओली मुर्दावाद ,केपी तेरो पाराले दुख पाए साराले,जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा लगायतका नारा लगाउदै पार्टीले वीरेन्द्रनगर पिपल चौतारामा कोण सभा गरेको थियो।
नेपालि कांग्रेसका पूर्वमन्त्रि केन्द्रिय सदस्य शिभराज जोशीले कार्यक्रमलाई संबिधान गर्दै नेपाली कम्युनिस्ट पार्टीको काराण नेपाली जनताले शास्ती भोग्नुपरेको बताए। कम्युनिस्ट सरकारका काण्ड दैनिक जस्तो बाहिरिरहेका र दक्षिण एसियाकै मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली भ्रस्टचारमा गनीएको जोशीले बताए।

नेकपा सरकार भित्र प्रधानमन्त्री केपी शर्मा ओली असफल भ्रस्टाचार ,बलात्कारी, निरङ्कुश र भ्रस्टचारिको संरक्षक रहेको पनि उनले बताए।
तेस्तै पूर्व संचार राज्यमन्त्रि तप्त बिष्टले नेकपा सरकारले जनतालाई दमन गर्ने ,निरंकुशता लाद्ने गरेको बताए ,सरकारलाई जनताले राम्रो संग चिनिसकेका छन् ,कांग्रेसलाई सरकारले सडकमा आउन बाध्य बनायो अब यो सरकारलाई ठेगाना नलगाएसम्म नेपालि कांग्रेस पार्टीले विश्राम नलिने समेत बिष्टले बताए। नेपालि कांग्रेसले आज देशभरका जिल्लामा सरकारविरुद्द नाराबाजी सहितको विरोध शक्ति प्रदर्शन गरेको छ।





