Gold
Bangad salyan

सात मन्त्रीले दिए सामुहिक राजिनामा,

पुष ५ ,काठमान्डौ – संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा रास्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग भएको घोषणा गरेकी छिन।

जसको विरोधमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगर छन् ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति मार्फत संसद विघटन गराएपछि रुष्ट हुँदै उनीहरुले राजीनामा घोषणा गरेका हुन् ।

पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।