केपी ओली समूहले पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड नेपाल समुहले फोडे ,
पुष ११ चितवन – चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )केपी ओली समूहले पार्टी कार्यालयमा लगाएको ताला प्रचण्ड नेपाल समुहले फोडेका छन्।
भरतपुर महानगरपालिका ,७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले शनिबार बिहान ताला लगाएका थिए ।
तर, उनीहरुले लगाएको ताला प्रचण्ड-माधव समूहका कार्यकर्ताले केहि घन्टामै फुटाएर कार्यालय सञ्चालन गरेका छन् ।
साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ । चितवन जिल्ला कमिटीमा प्रचण्ड-माधव समूहको बर्चास्व छ ।

