Gold
Bangad salyan

दैनिक तिन पटक गरेर ११ घण्टा लोडसेडिङ खेप्नुपर्ने ,

पुष १९ ,सिमिकोट – हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुने गरेको छ । दैनिक लोडसेडिङ हुँदा जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ।

तेस्तै अहिले लोडसेडिङका कारण आउने जेठमा हुन लागेको एसईईको तयारि गरिरहेका विद्यार्थीहरु समस्यामा परेका छन्। कोरोना महामारीका कारण गत वर्षको चैत ५ गतेबाट पढ्न र लेख्न नपाएका कक्षा १० का विद्यार्थीहरु अहिले एसइई तयारी गर्नका लागि सिमकोटमा हिउँदे ट्युसन पढ्न पुगेका छन् ,तर दैनिक ११ घण्टाको लोडसेडिङले उनीहरुमा निराशापन छाएको हो।

हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए। अहिले सिमिकोटमा दैनिक ३ पटक गरेर ११ घण्टा लोड्सेडिङ्ग भईरहेको छ ,तेस्तै अहिले काठमान्डौ लगायत नेपालका सबै जिल्लामा समेत बत्ति जाने गरेको छ।