Gold
Bangad salyan

दाहाल नेपाल समूहको पेरिसडाँडामा स्थायी कमिटि बैठक ,

पुष १९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) का अधय्क्ष पुष्पकमल दाहाल प्रचण्ड माधव कुमार नेपाल समूहको स्थायी कमिटि बैठक पेरिसडाँडामा बसिरहेको छ।

समुहले प्रतिनिधिसभा विघटनविरुद्ध हिजोमात्र दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो,सोहि दिनको भोलिपल्ट स्थायी कमिटी बैठक बसेको हो । नेकपाको जनवर्गीय संगठन कोटेश्वर पेरिसडाँडामा जारी बैठकले संघर्षका बारेमा छलफल गरिरहेको छ।

दाहाल नेपाल समूहले पुस २० देखि माघ २३ सम्मका लागि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । समूहले प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने ,गाँउ,गाँउमा अकालो झन्डा गाड्ने र सरोकारवालासंग अन्तक्रिया, प्रदर्शन लगायतका कार्यक्रम गर्ने बताएको हो।