प्रचण्ड – नेपाल समूहको पक्षमा फैसला आउने आशंकामा निर्वाचन आयोगका सहसचिव गौतमको अचानक सरुवा,

पुष २९ ,काठमान्डौ – निर्वाचन आयोगमा नेकपा विवाद हेरिरहेका आयोगका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमको सरकारले सरुवा गरेको छ । आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा भएको निर्वाचन आयोग स्रोतले बताएको हो।
नेकपा अहिले प्रचण्ड – माधव समूह र ओली समूह भएर विभाजित भएको छ ,नेकपाको मुद्दा हेरिरहेका गौतमको सरुवालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
आयोगमा विचाराधीन मुद्दा हेरिरहेका गौतमको सरुवापछि नेकपा प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराईले मंगलबार राति ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिस्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।
काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले नेकपा दुई धारमा हिडेको छ ,जसको विरुद्द आम नेपालीले विपक्षि पार्टीले आन्दोलन गरिरहेका छन्। ओलीले आफ्नो पक्षम फैसला गर्नुपर्ने भन्दै सर्वोचाह अदालतका न्याधिसलाई समेत धम्कि दिएको बाहिरिएको छ।
अहिले नेकपा विवादमा चुनाव चिन्ह ओली ओली समूह र प्रचण्ड समुहले आ आफ्नो दाबि गरेका छन्। प्रचण्ड समूहको पक्षमा फैसला आउने देखिएपछि आयोगको कानुन शाखाका प्रमुख समेत रहेका गौतमको सरुवा गराईएको हो।

