Gold
Bangad salyan

ओलीलाई प्रचण्डको चुनौती पार्टीले कँहानिर काम गर्न दिएन प्रमाण ल्याउनुहोस ,

पुष २९ ,काठमान्डौ – नेकपा प्रचण्ड – माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

केपी ओलीले अहिले सार्वजानिक स्थानमा पार्टीले काम गर्ननदिएकोले संसद विघटन गर्नुपरेको बोल्दै आएका छन् ,जसलाई दाहालले खण्डन गरेका हुन्। काठमाडौंमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने पार्टीले तपाईलाई कँहानिर भाजो हाल्यो ,काम गर्नदिएन ,प्रमाण दिनुहोस नत्र हामि दिन्छ।

जनता कोरोना महामारीमा परेकोबेला कमेडी सुनाउदै हिड्ने ,जनताको भावना संग खेल्ने ,तेस्तै प्रचण्डले केपी ओली जोकर भएको बताएका छन् ,देशको प्रधानमन्त्रीले रास्ट्र र जनताको अगाडी संकटपरेको समस्यालाई समाधान गर्छ।

पार्टीको विधि विधान मिचेर हिड्ने ,बैठक बोलाउदा नबस्ने अनि स्थायी कमिटि ,सचिवालय ,केन्द्रिय कमिटिबाट अल्पमतमा परने अरुलाई भगौडा बोल्ने भगौडा को हो ल आफै भन्नुहोस दाहालले भने। ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौडा रे ! ३० प्रतिशत पनि भएको रैथाने । यस्तो पनि हुन्छ ? उनले भने।