Gold
Bangad salyan

विप्लवका पाँचजना कार्यकर्ता प,क्राउ ,

माघ १८ ,रुकुमपश्चिम – कर्णाली प्रदेश रुकुमपश्चिमबाट नेत्रविक्रम चन्द( विप्लव ) का पाँच जना कार्यकर्ता प,क्राउ परेका छन्।

प,क्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइली रहेका छन् ।

उनीहरुले जिल्लाको मुसिकोट नगरपालिका,१, रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सुचनाको आधारमा उनीहरुलाई प,क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका हरुमाथि गत माघ १० गते त्रिवेणी गाउँपालिका,६, बिसौनीमा प्रेशर कुकर बम राखेको आरोप रहेको डीएसपी श्रेष्ठले जानकारी दिए। प,क्राउ परेका प्रेमबहादुर बोहरा विप्लव निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुन् ।