Gold
Bangad salyan

अब राजधानीमा पाईन्छ रु ६५ मा स्वादिष्ट पेटभरी खाना ,

माघ १९, काठमान्डौ – हाम्रो टिम नेपालले काठमान्डौमा रु ६५ मा भेज खाना खुवाईरहेको छ । हिजो १७ गतेबाट सुरु गरिएको हाम्रो खाना घरमा दैनिक ६ सम्मले खाना खाने गरेको हाम्रो टिमका उमेश बोहरा र कविता पौडेलले रंग दर्पनलाई बताए ।

काठमान्डौको अनामनगरमा रहेको बिगमार्टको आडमा हाम्रो खाना घरमा २४ सै घन्टा आफुहरुले आउने पाहुनाहरुलाई खाना खुवाईरहेको पौडेलले बताईन ।

साथै यो ब्यपार भन्दापनि सबैलाई खाना पुगोस भनेर सन्चालन गरिएको र यसबाट प्राप्त भएको रकम गरिब दिन दुखीहरुललाई सहयोग गरिने हाम्रो खाना घरकि संचालक ईशा गुरुङले बताईन ।

ईशा गुरुङले पछिल्लो समय नेपालमा रहेका दैनिक गुजारा गर्न मुस्किलमा रहेका घर परिवार बाढी पिडित बिरामी लगायतलाई सहयोग गर्दै आईरहेकी छिन ।