Gold
Bangad salyan

गोंगबुचोकमा अज्ञातसमूहद्वारा ट्याक्सीमा आगजनी ,

माघ २२ ,काठमान्डौ – राजधानीको गोंगबुचोकमा रोकीराखेको ट्याक्सीमाथि अज्ञात समूहले आगजनी गरेको छ।

आज प्रचण्ड – नेपाल समूहले आमहड्ताल गर्दै नेपाल बन्द गरेको थियो ,बन्दको अबज्ञा गरेपछि कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

दुई जना अब्यक्तिले ट्याक्सीमा आगजनी गरेर भागेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले बताए ।

कालो ज्याकेट लगाएर आएक दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेको र उनीहरुको खोजि भईरहेको सिंहले बताए।ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल भईरहेको छ ।