हिजो ट्याक्सीमा आगजनि गर्ने केपि ओलिका कर्याकर्ता पक्राउ,
माघ २३, काठमान्डौ – हिजो गोंगबुमा रोकि राखेको ट्याक्सीमा आगो लगाउने प्रधानमन्त्री केपि ओलि समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने ब्याक्ती त्रिचन्द्र कलेजमा पढ्ने कार्यकर्ता गोविन्द थपलिया हुन्। भिजिलान्ते हुन् कि आन्दोलनकारी हुन भन्ने प्रहरीले बताउन चाहेको छैन ,।
पक्राउ परेका थपलियाले गत मंसिरमा त्रिचन्द्र क्याम्पस प्रमूखलाई कुटेर पक्राउ पनि परेका थिए ।
हिजो प्रचण्ड नेपाल् समूहले गरेको बन्द आमहड्ताललाई विथोल्न केपि ओलि समूहका कार्यकर्ताले विभिन्न स्थान्मा घुसपैठ गर्ने गाडीमा तोडफोड समेत गरेका थिए ।
प्रचण्ड नेपाल समूहले गरेको शान्तिपुर्न आन्दोलनलाई बिथोल्न र बद्नाम गर्न केपि ओलिका कार्यकर्ताले बिहानै काठमान्डौको गोङगबु चोकमा रोकि राखेको ट्याक्सीमा बिहानै दुई जनाले आगजनि गरेर भागेका थिए ।

