गृहमन्त्रीको भनाईलाई लक्षित गर्दै भिम रावलले भने निरंकुशतन्त्र ढल्दै छ ,
माघ २३ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका नेता भिम रावलले गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिले निरंकुशतन्त्र ढल्ने बताएका छन्।
नेकपा केपी ओली समूहले आज दरबारमार्ग गरेको आमसभामा बोल्दै गृहमन्त्रि रामबहदुर थापाले मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलमा ‘जु’ मा थुन्ने अभिव्यक्ति दिएका थिए।
लगतै नेता भिम रावलले ट्वीट गर्दै ओली तानाशाह बन्ने दु:स्वप्ना देखिरहेको पुष्टि भएको छ ,निरंकुशतन्त्र ढल्ने पक्का छ उनले भनेका छन् ।
प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’ उनले भनेका छन्, ‘निरंकुशतन्त्र ढल्छ।

