Gold
Bangad salyan

चौतर्फी विरोधपछि रामकुमारी झाँक्री रिहा ,

माघ २९ ,काठमान्डौ – चौतर्फी विरोधपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव समूहकि केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई सरकारले रिहा गरेको छ।

चौतफी दबाबपछि प्रहरीले उनलाई झण्डै साढे ५ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको हो ।प्रहरीले उनसँग प्रहरीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो ।

माघ १६ गते झाँक्रीले गोरखामा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले आज उनकै निवासमा शंखमूलबाट पक्राउ गरेको थियो।

उनलाई मीनभवनस्थित अपराध महाशाखा प्रमुख दिपक कार्कीको कार्यकक्षमा राखिएको थियो । महाशाखा प्रमुख एसएसपी दीपक थापाले पनि झाँक्रीलाई निःशर्त रिहा गरिएको बताए ।