योनीमा कहिले सम्म मृत्यु बोकेर हिड्ने ,बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन ,
माघ ३० काठमान्डौ – बलात्कारीलाई कारबाहीको माग गर्दै माईतिघर मण्डलामा शनिबार प्रदर्शन भएको हो। बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको विरोधमा युवतीहरुले कालो पोशाक ,आँखामा कालोपट्टी र मुखमा टेप बाँधेर प्रदर्शन गरेका हुन्।
उनीहरुले ‘महिला कहिलेसम्म दोस्रो दर्जाको नागरिक ?’, ‘एम आई द नेक्स्ट ? कहिलेसम्म योनीमा मृत्यु बाेकेर हिँड्ने ? लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।
पद्मकन्या क्याम्पस हुँदै माइतीघरसम्म उनीहरुले मार्चपास गरेका थिए। बलात्कारी हत्यारालाई कारबाही गर ,पिडितलाई न्याय दे ,लेखको ब्यानर सहित उनीहरुले प्रदर्शन गरेका हुन्।
नेपालमा आज भोलि बलात्कारका घटना बढीरहेपनि सरकारले कुनै चासो नदिने र बलात्कारी खुल्लेआम हिडीरहने भएपछि सरकारविरुद्द दैनिक विरोध प्रदर्शन भईरहेको छ।
निर्मला पन्त,सम्झना बिक ,अंगिरा पासी गुलाब खातुन हुँदै अहिले भागरथी भट्टको पनि बलात्कारी पछि हत्या गरिएको छ सरकारले भने अहिले सम्म कुनैपनि बलात्कारी हत्यारालाई कारबाही गर्न सकेको छैन।

