निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न सबै दललाई बोलायो ,
फागुन २ ,काठमान्डौ – निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे छलफल गर्न सबै दलहरुलाई बोलाएको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आचार संहिताबारे छलफलका लागि आइतबार बिहान साढे ११ बजे सवै दललाई बोलाइएको जानकारी दिए ।
निर्वाचन आयोगले आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको समेत आयोगले जनाएको हो। सरकारले सबै दललाई पत्र पनि पठाएको छ ,दलहरुसंग छलफल गरेपछि निर्वाचन आयोगले आचारसंहिता सार्वजनिक गर्ने बताएको छ।
गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।संसद विघटनपछि सत्तारुढ दल नेकपा विभासमूहमा विभाजित छ ,नेकपा र चुनाव चिन्हको लागि प्रचण्ड – माधव समूह र केपी ओली समूहले आधिकारिकता दाबी गरिरहेका छन्।

