Gold
Bangad salyan

प्रचण्ड-नेपाल समूहले टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रदर्शन गर्ने ,

फागुन २ ,काठमान्डौ – नेकपा प्रचण्ड-नेपाल समूहले तेश्रो चरणका आन्दोलन घोषणा गरेको छ। सो समूहले आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।प्रतिगमनकाविरुद्द फागुन ५ देखि १२ सम्म निरन्तर समूहले जानकारी गर्दै विज्ञप्ति सार्वजानिक गरेको छ।

समूहले फागुन ६ गते प्रतिगमनकारी महंगी र महिला हिंसाको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर प्रदर्शन गर्ने बताएको छ  भने ८ गते काठमाडौमा प्रतिगमनविरुद काठमाडौमा बृहत आन्तार्क्रिया कार्यकर्म गर्ने घोषणा गरेको छ। तेस्तै १० गते काठमान्डौक उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रमको घोषणा गरेको हो।