Gold
Bangad salyan

भागरथी भट्टको हत्यारालाई समायर छोड्छु :गृहमन्त्री थापा बादल ,

फागुन ४ काठमान्डौ – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको गृहमन्त्री राम बहादुर थापा बादलले बताएका छन् ।

सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले भागरथीकि हत्यारालाई कारबाही गर्न बुझाएको ज्ञापन पत्र बुझादै संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् ।

घटनाको विषयमा सरकार गम्भीर रहेको र दोषीलाई छिट्टै कानुनुको कठघरामा उभ्याउने प्रतिबद्दतासमेत रहेको थापाले बताए। भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुंगोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताएका छन् ।

महिला हिंसा रोक्न सरकार थप गम्भीर रहेको र तेस्को लागि प्रहरी प्रशाशनलाई जानकारी गरिसकीएको पनि बादलले बताए। माघ २२ गते बैतडीकी भागरथी भट्टको बलात्कार पछि हत्या भकोए छ।

दोषीलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कारबाहीको माग गर्दै जिल्लाका विभिनन स्थानमा चर्को आन्दोलन भईरहेको छ। तेस्तै २०७५ साउन ११ मा कञ्चनपुरकी निर्मल पन्तको सामुहिक बलात्कार पछि हत्या भएको थियो ,जसको हत्यारा सरकारले हाल सम्म पक्रन सकेको छैन।