Gold
Bangad salyan

माधव नेपालले ओलीलाई भने केपी जी अब आँखा खोल्नुहोस ,

फागुन ११ ,काठमान्डौ – नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रममा लिप्त नहुन र आँखा खोल्न सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गलत भएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएपछि उनले ओलीलाई अब भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् ।

‘केपीजी अब आँखा खोल्नुहोस्, भ्रमबाट मुक्त हुनुहोस्’ सत्यको जित भएको छ ,अब देश उज्यालो तर्फ फर्किएको छ नेपालले भने। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा रहेका नेपाली जनतालाई अभिवादन गर्दै सर्वोच्च अदलतका न्यायाधीशलाई नेपालले धन्यवाद दिएका छन् ।

सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश, उनको बेन्चमा रहेका चारैजना न्यायाधीश र अधिवक्तालाई धन्यवाद छ ,हामी उज्यालोमा फर्किएका छौँ । सत्यको जित भयो । न्यायको जित भयो ।

नेपाली जनताको जित भयो । बहादुर नेपाली जनतालाई हार्दिकहार्दिक क्रान्तिकारी लालसलाम भन्छु नेपालले भने। तेस्तै सर्वोच्चको निर्णयसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड माधव पक्ष) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाउँदै खुसियाली मनाएका छन् ।