Gold
Bangad salyan

रुकुम मुसिकोटमा ग्याँसले जलेर घाईते ९ जनालाई भेट्न पुगे जनार्दन शर्मा प्रभावकर ,

 

फागुन १३ ,काठमान्डौ – नेकपा स्थायी कमिटिका सदस्य पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभावकरले किर्तिपुर अस्पतालमा पुगेर घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

रुकुम(पश्चिम) मुसिकोट नगरपालिकामा गत ११ गते ग्याँस चुहिदा जलेर घाइते भएका ९ जना सबैको उपचार कीर्तिपुर अस्पतालमा भईरहेको छ।शर्माले आज अस्पतालमा पुगेर बिरामीहरुलाई भेटेका छन् भने घाईते सबैलाई स्वस्थ्य लाभको कामना गरेका छन्।

ग्याँस सिलिन्डर चुहिएर विस्फोटमा परेपछि उद्योग बाणिज्य संघ रुकुम(पश्चिम)का सदस्य वीर बहादुर के.सी. लगाएत ०९ जना घाइते छन् । घाइते सबलाई उपचारको लागि हेलिकोप्टर मार्फत हिजो काठमान्डौ ल्याईएको थियो।