Gold
Bangad salyan

मलाई मार्ने षडयन्त्र गरिएको छ प्रधानमन्त्री ओलि ,

फागुन १७ काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफजो ज्यान खतरामा रहेको संकेत गरेका छन ।ओलिले आफुलाई मार्ने षडयन्त्र रचीएको समेत बताएका हुन

पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताए ।

‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने ओलीको भनाइ छ ।

‘यस्तै ओलिले अगाडि भने म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’।