Gold
Bangad salyan

निर्वाचन आयोगले प्रचण्ड -नेपालको पक्षमा आधिकारिकता निर्णय गर्दै फेरी विजय जुलुस र लड्डु खाने तयारि ,

फागुन १७ ,काठमान्डौ – निर्वाचन आयोगले केहिदिनमानै प्रचण्ड नेपालको पक्षमा आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ। सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन।

नेकपा पार्टीको आधिकारिकता नाम र सूर्य चिह्न बहुमतवाला पार्टीकै हो भनी निर्णय गरेको र छिट्टै सार्वजानिक हुनेमा आफु विस्वस्त रहेको प्रचण्डले ठोकुवा गरे । केपी ओलीले गरेको संसद विघटनको सेटिङ भत्कीसकेको छ अब निर्वाचन आयोगमा गरेको सेटिङपनि भत्किदै छ उनले भने।

आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न हाम्रो पक्षमा फैसला हुन्छ यसमा एक इन्चपनि शंका गर्नु पर्दैन’ दाहालले भने । तेस्तै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटपनि हटाईसकीएको अर्का अध्यक्ष माधव कुमार नेपालले बताए।

तेस्तै केपी ओलीले नेकपाको मुख्यसचेतकबाट देव गुरुङलाई हटाएको भनें तपईहरु अहिले सुन्नुहुन्छ होला ,तर संसदीय दलको नेतामा नरहेका केपी ओलीलाई त्यो अधिकार छैन ,किनभने संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई नै दलको नेता त हामीले चयन गरिसकेका छौँ ।कसैको सनकको भरमा देश अगाडी जान्न संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुन्छ नेपालले भने ।