Gold
Bangad salyan

जाजरकोटको कुशे गाउँपालिकाबाट १ सय ७६ जना नेपालि कांग्रेसका नेता कार्यकर्ता नेकपामा प्रवेश ,

फागुन १९ ,जाजरकोट – जाजरकोटको कुशे गाउँपालिकाबाट १ सय ७६ जना नेपालि कांग्रेसका नेता कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्षदोय प्रचण्ड -माधव समुह जाजरकोटले गाउँपालिकाको वडा नं. १ टापुचौरमा गरेको विशाल जनसभामा उनीहरुले प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा जाजरकोटका अध्यक्ष ढकबिर राना, बिशेष अथिति कर्णाली प्रदेश माननीय तथा जिल्ला सचिव करबिर शाही ,प्रदेश कमिटी सदस्य यज्ञ खत्री, जिल्ला कमिटी सदस्य तप्त हमाल लगायतले उक्त कार्यक्रम सम्बोधन गरेको अनेरास्ववियूका केन्द्रिय सदस्य ज्ञानु खड्काले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता नेकपाका वरिष्ठ नेता कालीबहादुर सिंहले गरेका थिए । कुशे गाउँपालिकालाई नेपाली कांग्रेसले आफ्नो किल्ला मान्ने गरेको थियो। एकै पटक कांग्रेसका कार्यकर्ताले नेकपामा प्रवेष गरेपछि कुशेमा अब कांग्रेस पार्टी भनेननै नरहेको स्थानीय बताउछन।