Gold
Bangad salyan

म केपी ओलीको लागि हिरा हु ,सगरमाथा भन्दा सफा चोखि छु सांसद कोमल ओली ,

फागुन २० ,काठमान्डौ – गायिका तथा केपी ओली पक्षकि सांसद कोमल ओलीले आफु प्रधानमन्त्री केपी शर्मा ओलीको लागि आफु हिरा भएको बताएकि छिन।एक कार्यक्रममा बोल्दै कोमल ओलीले सारा नेपालीलाई सोध्नुहोस म को हो भन्ने भनेर सबैले चिन्छन।मैले पार्टीमा चार वर्ष देखि सेवा र टेवा पुर्याएकि छु उनले भनिन।

म माथि योग्यता क्षमताको कुरा उठाउने के म संग पार्टीमा योगदान छैन हाम्रो समाज कता जाँदै छ। के मैले गित मात्र गाएको छु ,के म मनोरंजनमा मात्र घुमेको छु मैले योगदान किन गरेको छैन भन्दै ओली आक्रोसमा समेत आईन।

केहि दिन अगाडी मात्र प्रचण्ड पक्षका संसद रघुवीर माहेसेठले कोमल ओलीलाई सार्वजानिक रुपमा सारी सरक्क सरकाएर पिडुला देखाउने र सांसद भएको प्रतिक्रिया दिएका थिए। म कसैको चाकरी गर्दिन ,म आफ्नो बल बुतामा राजनीतिक गर्छु मेरो पछि गलत बोल्नेहरु धेरै छन्।

म रघु जी पन्तले भने जस्ती पिडुला देखाएर सरि सरक्क माथि तानेर केपी ओलीले राष्ट्रियसभाको सदस्य बनाएको होईन। तेस्तै केपी ओली प्रधानमन्त्री बनेपछि मात्र महिलालाई रास्ट्रपति बनाएको उनले जिकिर गरिन अन्यथा देशमा महिलाहरुलाई पछि दबाईएको उनले बताईन।

मैले पार्टीमा गरेको मुल्यांकन छैन र ,म राजनीतिमा होलटाईमर हु जनताको लागि पुरा समय दिएर काम गरिरहेको छु । कसैले बलात्कार गरेर मेरो आसय तेस्तो होइन भन्ने ,रघुजीले गल्ति गर्ने अनि मेरो आसय मात्र थियो भन्न मिल्छ। तेस्तै रघु जी पन्तको लागि आफु कानुनि प्रक्रियाको लागि अगाडी बढिरहेको पनि बताईन।

म माथि हिंसा हो यो ,रास्ट्रीयसभाम हामि करिब दुई दर्जन महिला सांसद छौ ,तर मलाई मात्र किन यस्तो भनियो सबै महिलामाथिको हिंसा हो ,तेस्तै आफुलाई सबैले यो कुरा सहेर नबस्न आग्रह गरेको र यो प्रवृतिको अन्त गर्ने कोमल ओलीले बताएकि छिन आफुलाई सहेर कलाकार नेता कार्यकर्ताले साथ दिएको र कानुनविदहरुसंग परामर्श गरिरहेको पनि उनले जानकारी गरिन।